उज्यालो अनलाईनको समाचार प्रति धादिङ वन प्रमुखको चुनौती

Avatar photo
Dhadingpost
बिहिबार, साउन २७, २०७३

धादिङबेसी साउन २७ । केहि दिन देखि धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी र जिल्ला वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेल नेपाली मिडियामा हाईलाईट भएका छन् ।

सामुदायिक वन अक्रिमण गर्नेहरुलाई कारवाहीको सुरुवात गरेका यी दुई हाकिमहरुले धादिङको पृथ्वी राजमार्ग छेउछाउ वनको जग्गा अतिक्रमण गरेर बनाईएका टहराहरु भत्ताउन सुरु गरि धादिङवेसी स्थित अमरावती समुदायीक भवन अतिक्रमण गरि बनाइएका भवनहरुको ७ दिन भित्र वैधानिकता पेस गर्न पत्रचार गरेपछि यी २ हाकीमहरु नेपाली मिडियामा देखिएका हुन् ।

अमरावती समुदायीक वनक्षेत्रमा लाखौ खर्च गरि बनेका आरसिसि भवनहरु वनेका छन् । जस मध्य रेडियो धादिङको भवन समेत पर्छ । रेडियो धादिङको भवनलाई केन्द्रित गरि उज्यालो अनलाईनले समाचार लेखे पछि जिल्ला वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेले आफ्नो फेसबुकमा उक्त समचार सेर गर्दै समाचारको खण्डन गरेका छन् । उज्यालोले रेडियो धादिङ अमरावत सामुदायिक वन नजिकको कबुलियती वनमा छ । तर रेडियो व्यपस्थापनले वनको जग्गामा रेडियो नरहेको दाबी गर्दै आएको छ । भन्ने समचार छापेपछि वन प्रमुख पौडेलले आफ्नो फेसबुमा लेख्छन् :

यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । भ्रमको सिर्जना कृपया नगरी दिनु हुन समेत सादर अनुरोध गर्दछु । वन मन्त्रालयले निर्णय गरी रेडियो स्टेशन बनाउन दिएको छदै छैन । उक्त स्थानमा कुनै कबुलियती वन पनि छैन । उक्त वन क्षेत्र अमरावती सामुदायिक वन उपभोक्ता समूह, नीलकण्ठ न.पा. वडा नं. ८, ९ साविक मुरली भन्ज्यांग गा.वि.स. वडा नं. २ र ३ साघुटार, धादिंगलाई हस्तान्तरण गरिएको राष्ट्रिय वन क्षेत्र हो ।  मैले यहाँ व्यक्त गरेका कुराहरु सप्रमाण गलत सावित गर्न चुनौती दिन्छु ।

विगतमा धेरै हाकिमहरु आए तर जागिरका लागि आए जागिर खाए गए तर इमनाथ पौडेलले सहि काममा हातहालेको सर्व साधारणहरु वताउँछन् । सामुदायीक वन क्षेत्र अतिक्रमण गर्ने सवैलाई कानुनी दायरामा ल्याई कार्वाही गर्ने पौडेलको कार्यलाई सबै तिरबाट स्वगत योग्य काम भनि चर्चा गरिएको छ ।