दुई राप्रपा एकताको अध्याय समाप्त -थापा

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २५, २०७३

काठमाडौं, साउन २५ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई राप्रपा बीच हसने भनिएको पार्टी एकताको अध्याय समाप्त भएको बताएका बताउनु भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले राप्रपासँग अब एकता नहुने बेईमानीहरु सँग एकता गर्न नसकिने बताउनु भएको हो ।
अध्यक्ष थापाले राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक बेइमानी गरेको आरोप लागाउँदै हाललाई एकताको अध्यय समाप्त भएको समेत बताउनु भएको थियो ।

थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच मंगलबार राजधानीमा एकता घोषणा सभा हुने भव्य तयारी थियो तयारी भइरहेको थियो । तर, सोमबार राणाले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल राप्रपा नेपालसँग एकता नहुने बताएका थिए ।

राप्रपा नेपाल र राप्रपाबीच प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद छ । विवादकै बिच राप्रपाका दुई मन्त्रीलाई समेटेर प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् ।