आठ महिनादेखि तलव दिएको छैन,खान पनि दिँदैन:नेपाली कामदार

Avatar photo
Dhadingpost
सोमवार, साउन २४, २०७३

साउदी अरव।

1450868622_Saudi-nepali-k

साउदी अरवमा हजारौं आफ्ना नागरिक भोक्कै भएपछि भारत सरकारले उद्दार सुरु गरेको छ । तर, नेपालको अवस्थाबारे अहिलेसम्म सरकारले कुनै सूचना सार्वजनिक गरेको छैन ।साउदी पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको छ । तर, त्यहाँ भारती मात्र होइन, नेपाली पनि समस्यामा परेको पाइएको छ । कतिसम्म भने नेपाली कामदारहरुले ९ महिनासम्म तलब पाएका छैनन् ।

तेलको मूल्यमा आएको गिरावटसँगै साउदीमा आर्थिक संकट देअिएको छ र त्यसको असर राजगारीमा गएका नेपालीमा पनि गरेको हो । साउदी अरबका कम्पनीमा कार्यरत कामदारले समयमै तलव नपाउने, कम्पनीले बेवास्ता गर्ने र कामदारहरु काम छाड्दै अवैधानिक रुपमा काम गर्ने समस्या बढ्दो छ ।