अमरावती सामुदायीक वन र अतिक्रमण गरि भवन बनाउने सँग वनले वैधानिकता खोज्यो

Avatar photo
Dhadingpost
आइतवार, साउन २३, २०७३

धादिङबेसी साउन २३ । धादिङबेसी स्थित सामुदायीक रेडियो रेडियो धादिङको भवन माथि वैधानिकता खोज्दै जिल्ला वन कार्यालयले पत्राचार गरेको छ ।

धादिङबेसी स्थित अमरावती सामुदायीक वनक्षेत्र अतिक्रमण भएको समाचार धादिङपोष्टले प्रकाशित गरेपछि जिल्ला वन कार्यालय धादिङले आफ्नो गतिविधि बढाई रेडियो धादिङ, सेफ हाउस र बन्दै गरेका अन्य भवन निर्माण कर्ताहरुलाई पत्राचार गरेको हो ।

अतिक्रमण गरेको भन्दै धादिङको पुथ्वी राजमार्ग छेउका होटहरु डोजर लगाई भत्काएको जिल्ला वन कार्यालयले अमरावती सामुदायीक वनलाई अतिक्रमण गरि भवन बनाउँन दिनुका कारण सोधि पत्रचार समेत गरेको छ ।

पत्रमा वन क्षेत्रमा भवन वनाउनुको कानुनी प्रमाण सहित पत्रचार गरिएको छ ७ दिन भित्रमा उपस्थिति हुन भनेका छौ धादिङपोष्ट सँग जिल्ला वन कार्यालयका प्रमुख पौडेलले बताउनु भयो । उहाँले कानुनले ठुलो सानो भन्दैन, कानुन कार्यान्वयनकोलाई कुर्चीमा बसेको हुँ जागीर खान मात्र हैन । वन अतिक्रमण गर्नेलाई कोही कसैले पनि पक्षपोषण गर्न हुन्न, जिल्लाका राजनीतिक दलहरुको साथ र सहयोग लिएरै आफुले सामुदायीक वन अतिक्रमण गर्नेहरुलाई कानुनी प्रक्रिया अन्तरगत हटाएरै छाड्ने समेत बताउनु भयो ।

यस अघि प्रकाशित समाचार
धादिङका वन प्रमुखज्यू, ‘वनक्षेत्रमा बनेका पहुँचवालाका भवनहरु कहिले भत्काउने ?’