बधाई दिन भारतीय राजदूत दाहाल निवासमै

Avatar photo
Dhadingpost
बिहिबार, साउन २०, २०७३

धादिङ साउन २०
timthumb
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिन भारतीय राजदूत रन्जीत रेले उनकै निवास लाजिम्पाटमा पुगेका छन्।
दाहाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका राजदूतलाई दाहालले धन्यवाद दिएका छन्।
यसअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरी उनलाई बधाई र भारतले नेपाल सरकारलाई पूर्ण सहयोग गर्ने बचन दिइसकेका छन्।
प्रधानमन्त्री पुष्कमल दाहाललाई पार्टी कुटनीतिक नियोग, नेता, कार्यकर्ता तथा जनताले बधाई दिने क्रम जारी रहेको उनको सचिवालयले जनाएको छ।