विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपालले नेदरल्याण्ड्ससँग साउन २९ र ३१ गते नेदरल्याल्ड्समै खेल्ने छ ।
मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसिसीका प्रतिनिधि वेनकटपति राजुसहितको छनौट समितिले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमलाले पुनरागमन गरेका छन् भने सुवास खकुरेल बाहिरिएका छन् । बेलायत भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका विक्रम शोव टोलीमा छन् ।
उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी पनि टोलीमा अटाएका छन् । राजु रिजाल, करण केसी, अनिलकुमार मण्डल, सन्दिप लामिछाने र राजेश पुलामी पनि टोलीमा छन् ।