धादिङ असार ४
नेपालले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसीसीसँगको च्यारिटी खेल ४१ रनले जितेको छ । नेपालले प्रस्तुत दिएको २१८ रनको लक्ष्य पक्ष्याएको एमसीसी ४७।२ ओभरमा १ सय ७६ रनमा अलआउट भयो ।
नेपालका लागि सागर पुन र वसन्त रेग्मीले ३९३, सोमपाल कामीले २ तथा शक्ति गौचन र सन्दीप लामिछानेले १९१ विकेट लिए थिए ।
टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर निर्धारित ५० ओभर खेल्दै २१७ रन जोडेको थियो ।नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रनको योगदान गरे ।
त्यस्तै पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरेका छन् । बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमपाल कामीले २० रनको योगदान गरे ।