प्रहरीले गाडेको लास आफन्तले निकाले

Avatar photo
Dhadingpost
सोमवार, साउन ३, २०७३

धादिङ, साउन ३ –
t1
पासो लाएर आत्महत्या गरेको अवस्थामा फेला परेको एक जनाको लास आफन्त फेला नपरेको भन्दै प्रहरीले गाडिदियो । तर आफन्तले गाडिएको लास निकालेर पोष्टमार्टमको माग गरेका छन् ।
अन्तरजातीय विवाह गरेको कारण कसैले अपहरण गरि हत्या गरेको भन्दै मृतकका आफन्तले गाडीएको लास उत्खनन् गरेर पुनः पोष्टमार्टमको लागि माग गरेका हुन् ।
काभे्र पाँचखाल गाविस–६ होक्से बस्ने १८ वर्षका अजित ढकाल मिजारको हत्या भएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय गजुरीमा जाहेरी परेको छ । दलित महिला संघ काभ्रेले जाहेरी दिँदै मृतक मिजारको केही समयअघि काभ्रे जिल्ला स्थित मंगले उच्च माविमा अध्ययनरत कल्पना पराजुलीसँग पे्रमविवाह भएको र माइती पक्षले अपहरण गरि धादिङ ल्याएर हत्या गरेको आरोप लगाइएको छ ।
उनिहरुको विवाह भएको तेस्रो दिन असार २७ मा माइती पक्षले केटीको उमेर नपुगेको भन्दै विवाह बदर गर्न काभ्रेस्थित प्रहरीमा उजुरी दिएको थियो । प्रहरी प्रमुखले मिलापत्र गरी केटी माइती पक्षलाई बुझाएको थियो । त्यसपछि मिजारलाई केटी पक्षका आफन्तले गुन्डा लगाएर धम्क्याउँदै आएको मिजार हराएको दिनसमेत माइती पक्षले नै लगेको आरोप लगाइएको छ ।
असार २९ देखि मिजार बेपत्ता थिए । असार ३० गते धादिङको कुम्पुर गाविस स्थित मलेखु पुल नजिकै मिजारको शव फेला परेको थियो । प्रहरीले शव बेवारिसे र आत्महत्या गरेको अवस्थामा पाइएकोले खाडल खनेर गाडेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जीयारले जानकबारी दिनु भयो ।
घटनाको सम्बन्धमा राष्ट्रिय दलित आयोगले चासो दिँदै स्थलगत सत्यतथ्य अध्ययन गरि दोषीलाई कारबाहीका लाग पहल गर्ने जनाएको छ ।
प्रहरी कार्यलय काभ्रेबाट केटा र केटी पक्षलाई छुटाएपछि पनि केटीपक्षबाट मिजारलाई धम्की आइरहेको हुनाले घटनाको अनुसन्धान हुनुपर्ने राष्ट्रिय दलित आयोगका सदस्यसचिव सीताराम घलेले बताउनु भयो ।
उज्यालो अनलाइनबाट