प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेदेखि सुरु तीन शीर्ष नेताहरुबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।