बंगलादेशविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

Avatar photo
Dhadingpost
शुक्रबार, असार २४, २०७३

धादिङ असार २४

football

बंगलादेशसँग हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल  खेल्ने नेपाली टोलीको घोषणा भएको छ। असार अन्तिम र साउनको पहिलो हप्ता हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको कप्तानी अनील  गुरुङले गर्ने भएका छन्।

नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक ग्यातुकी कोजीले नेपाली टोलीको शुक्रबार घोषणा गरेका हुन्। प्रशिक्षणमा रहेका २९ खेलाडीमध्येबाट २१ जनाको अन्तिम छनौट गरिएको एन्फाले जानकारी दिएको छ।  टोलीको प्रशिक्षकमा राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर छन्।

नेपाली राष्ट्रिय टोलीले आगामी जुलाई १५ र १७ (असार ३१ र साउन २) मा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ।

को को परे नेपाली टिममा

गोलकिपर : किरण लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ छन्।

डिफेन्स :उपकप्तान बिराज महर्जन, अनन्त तामाङ, दिनेश राजबंशी, आदित्य चौधरी, जीतेन्द्र कार्की, देभेन्द्र तामाङ, रविन श्रेष्ठ, रञ्जित धिमाल र मानबहादुर तामाङ 

मिडफिल्ड: सुजल श्रेष्ठ, बिशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र सुमन लामा

 अग्रपंक्ति:नवयुग श्रेष्ठ, भरत खवास, रञ्जन विष्ट र कप्तान अनिल गुरुङ