शशांकको स्वास्थ्य अवस्था क्रमिक सुधार, भेन्टिलेटरबाट निकालियो

Avatar photo
Dhadingpost
बिहिबार, असार २३, २०७३

धादिङ असार २३
Dr-Shashank-Koirala
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई भेन्टिलेटरबाट केहीबेर अघि निकालिएको छ ।।उपचारका लागि ओम अस्पतालमा भर्ना भएका
शशांकका भतिजा सिद्धार्थ कोइरालाका अनुसार अहिले केही बेर अघि डाक्टरहरूले उनी खतरामुक्त भएको पनि बताएका छन्।
‘उहाँले आफैं अक्सिजन लिन थाल्नुभयो, मान्छे चिन्न थाल्नुभयो। हात चलाउने गर्न थाल्नु भएको छ,’ सिद्धार्थले भने।
शशांकलाई भेन्टिलेटरबाट निकालेपछि खुसी हुँदै शेखर कोइराला बाहिर निस्किएका छन्। ‘प्रेससँग अहिले डाक्टरले कुरा गर्नुहुन्छ, म अहिले केही बोल्दिन,’ कोइरलाले भने।शंशाकको स्वास्थ्यमा सुधार आउन थालेपछि अक्सिजन र औषधिको मात्रा घटाउँदै लगिएको चिकित्सकले बताए। उनको होसमा पनि राम्रो सुधार आएको उनले बताए।

यसअघि शंशाकको अवस्था ‘गम्भीर र स्थीर’ रहेको चिकित्सकहरुले बताएका थिए। गम्भीर खालको निमोनिया पीडित कोइरालाको बुधबार साँझसम्म रक्तचाप र अक्सिजनको मात्रा केही सन्तुलिन देखिएको थियो। त्यसैगरी ब्रेनको रेस्पोन्स (बोलाउँदा आँखा खोल्ने, हात चलाउँने प्रयास) मा पनि केही सुधार छ।
पछिल्लोपटक कृतिम श्वासप्रश्वास उपकरण (भेन्टिलेटर)मा राखिएका कोइरालाको रक्तचाप सन्तुलित राख्नमात्रै चार प्रकारका औषधि चलाइएको छ। फोक्सोमा भएिको हावा, पिप र पानीबाहिर निकालेर थप संक्रमणबाट जोगाउँन ‘चेष्टट्युब’ राखिएको छ।

मंगलबार राति बान्तासहित श्वासप्रश्वासमा केही अप्ठेरो भएपछि ओम अस्पताल पुर्‍याइएका महामन्त्री कोइरालाको अवस्था बिहान ४ बजेतिर गम्भिर भएको थियो। चिकित्सकहरुका अनुसार बिहान एक्कासी बान्तासँगै होस कम हुने र छटपटिसमेत बढेपछि केहीबेरमै उनको मुटुसमेत बन्द भएको थियो।