फान्समा जारी युरोकप फुटबलमा आज भएको पहिलो सेमिफाईनल खेलमा पोर्चुगल बिजय भएको छ । खेलमा पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफको ५० औ मिनेटमा रोनाल्डोद्धारा पोर्चुगललाई खेलमा अग्रता दिलाएका थिए । पहिलो गोल गरेको ३ मिनेट बित्न नपाउदै पोर्चुगलले अर्को गोल थप्दै अग्रतलाई दोब्बर बनाए । पोर्चगलले भोली हुने खेलको बिजेतासँग उपाधिको लागि भिडने छ।