धादिङ असार २०
आयोजक राष्ट्र फ्रान्स युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।गएराति भएको खेलमा आइसल्याण्डलाई ५–२ गोल अन्तरले पराजित गर्दै फ्रान्स युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको हो। अब आयोजक फ्रान्सले सेमिफाइनलमा विश्वविजेता जर्मनीको सामना गर्नेछ।खेलको १२ औँ मिनेटमा ओलिभर जिराउडले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए। यस्तै खेलको १९ औँ मिनेटमा पाउल पोग्वाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे।
यस्तै ४२ औँ मिनेटमा पेयटले गोल गर्दै अग्रता ३–० मा पुर्याए भने ४५ औं मिनेटमा एन्टिनियो ग्रिजम्यानले गोल गर्दै पहिलो हाफमै फ्रान्सलाई ४–० को अग्रता दिलाए।
खेलको ५६ औं मिनेटमा कोल्बिएनले आइसल्याण्डका लागि एक गोल गर्दै अग्रता ४–१ म झारे। तर ५९ औं मिनेटमा जिराउडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे। खेलको ८५ औं मिनेटमा आइसल्याण्डका लागि बिरकिर बियारनासनले गोल गरेपछि पनि त्यो जितका लागि प्रयाप्त भएन र नतिजा फ्रान्सले ५–२ ले आफ्नो पक्षमा पार्यो।
फ्रान्सले अब फाइनल प्रवेशका लागि विश्व विजेता जर्मनीसँग खेल्नेछ। यसअघि शनिवार राति भएको खेलमा पेनाल्टी सुटआउटमा इटालीलाई पराजित गर्दै विश्वविजेता जर्मनी सेमिफाइनल प्रवेश गरेको थियो।