नुवाकोटको बुङताङमा पहिरोले घर पुरिँदा दुर्इ बालकको मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, असार १५, २०७३

नुवाकोट, असार १५

pahiro-300x194नुवाकोटको बुङताङमा पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ।
बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घरलाई बुधवार बिहान ८ बजेतिर पहिरोले पुर्दा मेघबहादुरका छोरा १३ वर्षीय आइतराम र ६ वर्षीय आशिषको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य घाइते भएको प्रहरीले जनाएको छ। पहिरोमा परी एउटा भैँसी र पाँच बाख्रासमेत मरेका छन्।
भूकम्पले घर भत्किएपछि जस्ताको टहरो घरमा बस्दै आएका तामाङको टहरोमाथि रहेको ढिस्को खसेर पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।
घाइते तथा मृतकको स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । रासस