स्पेन र इंग्ल्याण्ड बाहिरिए, क्वाटरफाइनलको समीकरण पुरा

Avatar photo
Dhadingpost
मङ्लबार, असार १४, २०७३

1467076096italy
पेरिस, असार १४ । स्पेन र इंग्ल्यान्डलाई पाखा लगाउँदै ईटाली र आईसल्याण्ड युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा ईटालीले स्पेनलाई २–० ले हरायो । खेलमा ईटालीलाई विजयी गराउन जर्जियो केलिनी र ग्रेजियानो पेलाले एक–एक गोल गरे ।

यो जितसँगै ईटालीले चार वर्षअघि युरोकपको फाईनलमा स्पेनसँग भोगेको नमिठो हारको बदला लिएको छ ।

गएराति भएको अर्को खेलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै आईसल्याण्ड पनि क्वाटरफाईनलमा प्रवेश गरेको छ । खेलको चौथो मिनेटमै पाएको पेनाल्टीलाई गोलमा बदल्दै वायन रुनीले इङ्ल्यान्डलाई अग्रता दिए । तर, यसको लगत्तै आईसल्याण्डका रग्नार सिगुर्डसन र कोल्बिन सिग्थोर्सनले एक–एक गोल गर्दै आईसल्याण्डलाई खेलमा फर्काए ।england

यो जितसँगै पहिलो पटक युरोकप फुटबल खेलिरहेको आईसल्याण्ड प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

गएरातिका खेलसँगै युरोकप फुटबलको क्वाटरफाईनल समीकरण पुरा भएको छ । बिहीबार राति सुरु हुने क्वाटरफाईनलको पहिलो खेलमा पोर्चुगल र पोल्याण्ड भिड्नेछन् । यसैगरी शुक्रबार राति वेल्सले बेल्जियमसँग खेल्दा शनिबार जर्मनी र ईटाली तथा आइतबार आयोजक फ्रान्स र आईसल्याण्डबीच खेल हुनेछ ।