स्मार्ट फोनले हराउदै क्यमरा

Avatar photo
Dhadingpost
सोमवार, असार १३, २०७३

धादिङ असार १३57708c1a44fa76.84545906
सन् २००९ पछि डिजिटल क्यामराको अन्तर्राष्ट्रिय बजार ८० प्रतिशतले घटेको छ। स्थानीय बजारमा पनि पाँच वर्षअघिको तुलनामा डिजिटल क्यामराको व्यापार ६० देखि ७० प्रतिशतले घटेको क्यामरा व्यवसायी बताउँछन्। फोटोका लागि क्यामरा नभई महँगो मोबाइल बोक्ने चलन बढ्दो छ। अझ सौखिनले त सेल्फी स्टिक बोक्न थालेका छन्।
फोटो खिच्न सौखिनले क्यामराको सट्टा महँगो फोन र सेल्फी स्टिक बोक्न थालेपछि क्यामराको बजार ओरालो लाग्दै गएको छ। साना डिजिटल क्यामराको उत्पादनै धमाधम बन्द हु“दैछ भने व्यावसायिक फोटोग्राफरले प्रयोग गर्ने डीएसएलआरको उत्पादन पनि घट्दो क्रममा छ।

कुनै समय कोडाकको फिल्ममा सीमित फोटो खिचेर धुलाउने झन्झटिलो प्रक्रिया थियो। कोडाक आफैंले चार दशकपहिले डिजिटल क्यामरा विकास गरी फोटोग्राफीमा क्रान्ति ल्यायो। कोडाकको उत्पादनपछि सोनी, क्यानन, निकोन, सामसङलगायतका डिजिटल क्यामरा बजारमा आए।
कोडाक अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकी हरायो। र, बजारमा कोडाकका क्यामरा सोपिस हुन पुगे। ‘कोडाकलाई सोपिस बन्न बाध्य पार्ने ब्रान्डका क्यामरा पनि अब सोपिस बन्ने अवस्थामा पुगेका छन्,’ न्यु स्न्यापर फोटो गुड्स न्युरोडका सेल्स म्यानेजर कृष्णबहादुर पहारी भन्छन्।
उनका अनुसार स्थानीय बजारमा साना डिजिटल क्यामराको माग त शून्य अवस्थामा पुगेको छ। ‘डिजिटल क्यामरामा हुने गुणस्तर र प्रविधि स्मार्टफोनमै पाइने भएपछि यस्ता क्यामरा किन्ने आवश्यकता पनि भएन,’ उनी थप्छन्।
अन्तर्राष्ट्रिय बजारमा सन २००९ मा ३६ लाख डिजिटल क्यामरा बिक्री भएको थियो। २०१६ मा आइपुग्दा यसको व्यापार ६ लाखमा झरेको छ। क्यामरा एन्ड इमेजिङ प्रोडक्ट्स एसोसिएसन (कीपा­­) ले जारी गरेको २०१६ को रिपोर्टअनुसार सन् २०१४÷१५ को तुलनामा सन् २०१६ को सुरुवातमै क्यामराको व्यापारमा २० प्रतिशतले कमी आएको छ।
स्मार्टफोनको असर ‘डीएसएलआर’ जस्ता ठूला र प्रोफेसनल क्यामराभन्दा साना डिजिटल क्यामरामा चर्को छ। कीपा­­ले २०१६ जनवरीमा जारी गरेको रिर्पार्टअनुसार सन २०१४÷१५ को तुलनामा सन् २०१६ मा साना डिजिटल क्यामराको व्यापार २६ प्रतिशतले घटेको छ भने डीएसएलआर क्यामराको १८ प्रतिशतले।
स्थानीय बजारमा भने डीएसएलआरजस्ता ठूला र प्रोफेसनल क्यामराको बजारमा कुनै असर नपरेको व्यवसायी बताउँछन्। बरु डीएसएलआर क्यामराको बजार पछिल्लो समय २० प्रतिशतले बढेको प्राइमेक्स इन्टरनेसनल इङ्कका मार्केटिङ म्यानेजर सुनिल त्रिवेदीले बताए।
प्राइमेक्स इन्टरनेशनल इङ्क क्याननको नेपालका लागि आधिकारिक विक्रेता हो। स्मार्टफोनको असरले गर्दा सामसङ, सोनी, क्यानन, निकोनजस्ता कम्पनीले आफ्ना कतिपय मोडलका डिजिटल क्यामराको उत्पादन बन्द गरिसकेको बथवाल ट्रेडर्सका सेल्सम्यान राजेश अग्रवालले जनाए।
उनका अनुसार प्रोफेसनल फोटोग्राफरका साथै फोटोका सौखिनका लागि डीएसएलआर क्यामरा नकिनी सुक्खै छैन। तर, पछिल्लो समय स्मार्टफोनमा भएको विकास र त्यसमा प्रयोग गरिएको क्यामराले भने बजारमा डीएसएलआर क्यामरा खरिद गर्नेको संख्या घट्दो छ।
सन् २०१६ को अन्त्यसम्म बजारमा ल्याउने तयारीमा रहेको ‘लाइट एल१६’ स्मार्ट क्यामराले डिजिटिल तथा डीएसएलआर क्यामराको व्यापारमा अझ ठूलो असर गर्न सक्ने अन्तर्राष्ट्रिय मिडियाले आकलन गरेका छन्।