स्यामैडाडाकाे घर घर खानेपानी धारा

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २३, २०७६

धादिङ गजुरी मंसिर २३ । गजुरी गाउँपालिका ६ स्यामैडाडाकाे ३० घर दलित १ सय ६५ घर जनजाति सहित ३ सय २६ घरधुरीमा घर घर खानेपानीकाे धारा पुगेकाे छ ।

१ हजार ९ सय ४७ जनाले प्रत्यक्ष सेवा लिएकाे यस खानेपानी योजनाको अाज स्थलगत अनुगमन गरिएकाे छ ।

पुर्णिामा कार्यक्रम अन्तगत अक्सफाम र गजुरी गाउँपालिकाको साझेदारी प्रयास नेपालको सहयोगमा सम्पन्न भएको खानेपानी योजनाको अनुगमनमा जाईका, डिफिड, यु.एस.अाई.डी., युरोपियन युनियन, मटम्याग डोनाल्डका प्रमुख तथा प्रतिनिधिहरु, उपभोक्ता समितिका पदाधिकारीहरु एवम् स्थानीय साझेदार प्रयास नेपाल धादिङका पदाधिकारीहरु अनुगमन सहभागी थिए ।

स्यामैडाँडा खानेपानी योजना ९ किलोमिटर माथिको मुहानबाट गजुरी वडा नं ४,६ र ७ का पुकुन, गेदे, साङ्कोष, रिमालटार, बगैँचा, थरिटोल, चपरे, सिमपानी, वाईवाङ, तिलहार, काजिटोल, नयाँटार लगायतका ३ सय २६ घरमा घर, घरमा धारा जडान पछि खानेपानी सेवामा कुनै समस्या नरहेकाे पाईएकाे खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामजी श्रेष्ठले बताए ।

खानेपानी योजनाको दिगोपनको लागि पानी सुरक्षा योजना नै बनाएर कार्यान्वयन गरिएको उपभोक्ता समितिका सचिव दुर्गा प्रसाद न्यौपानेले बताए । यसका साथै खानेपानीलाई दिगो रुपमा संचालन गर्न घर-घरमा मिटर जडान मार्फत खानेपानी वितरण गरिएकाे र मर्मत संहार कोष खडा गरि प्रत्येक महिना प्रतिघरबाट शुल्क उठाउने उक्त शुल्कबाट मर्मत संहार कार्यकर्ता नै नियुक्त गरि हेरालुको रुपमा परिचालन गरिएको उपभोक्ता समितिका सचिव न्यौपानेले जनकारी गराएका थिए ।

घर घरमा खानेपानी व्यवस्थापन पछि स्वास्थ्य तथा सरसफाइमा पनि उल्लेख सुधार अाउनुको साथमा महिलाहरुको कार्यबोझ समेत घटेको स्थानीय शिक्षक समेत रहेकी शिक्षिका भगवती खतिवडा बताउँछिन् ।

खानेपानी खानेपानीको अलवा खेरजाने पानीको प्रयोग गरि करेसाबारी व्यवस्थापन गरि अाफुलाई चाहिने ताजा तरकारी खेती गर्न थालेका कोषाध्यक्ष सरस्वती श्रेष्ठले बताउनु भयो । पानीको अभावको कारण घट्दै गरेको पशुपालन पनि खानेपानी सम्पन्न भए पश्चात् वृद्धि भएको पनि कोषाध्यक्ष श्रेष्ठकाे धारणा छ।

सहयोगी संस्था प्रयास नेपाल धादिङ , गजुरी गाउँपालिका र स्थानीय उपभोक्ताहरुको लागत समेत १ करोड ९८ लाख ५२ हजार ७ सय ३४ मा खानेपानी योजना सम्पन्न भएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले अनुगमन पछि धादिङपाेष्टलाई बताए ।