धादिङ बैशाख ११ । सूचना र प्रविधिले उच्चतम फड्को मारि सकेको छ । अहिले स्मार्टफोट बोक्नेको संख्या दिनानुदिन बढिरहेको छ, कतिपयले यी फोनसेटहरुबाट लिन सकिने अधिकाँश सेवाहरु लिन जानी रहेको पाईदैन । हामीले आज जानकारी दिन खोजेको विषय मोबाईलबाट नै डिएसएलआर क्यामराले खिच्ने जस्तै उत्कृष्ट क्यावालीटीको फोटो मोबाईलबाट पनि खिच्न सकिन्न भन्ने बारे हो ।
डिएसएलआर क्यामरा सबै सँग नहुन पनि सक्छ त्यस्तो अवस्थामा स्मार्टफोनबाट फोटोग्राफी गर्न सकिन्छ त्यसको लागि गूगल प्ले स्टोरबाट विभिन्न एप्सहरुको मद्दत लिएर डिएसएलआर क्यामेराको जस्तै क्वालिटी भएको फोटो लिन सक्छौं ।
गूगल प्ले स्टोर सजिलै प्रात्प गर्न सकिने एप्स र एप्सका फिचरहरु:
Camera Zoom FX:
क्यामेरा जुम एफएक्सलाई गुगल प्ले स्टोरमा ५० लाख युजर्सले डाउनलोड गरेका छन् । यो एपले प्लेस्टोरमा ४.० स्टार प्राप्त गरेको छ । यसका साथै ८८ हजार भन्दा धेरैले रेटीङ दिएका छन् । यो एपको साइज ५ एमबी छ ।
यो क्यामेरा जुम एफएक्स एपमा फिचर्सको बारेमा कुरा गर्दा डीप जुम,स्लाइडर शट,एचडी कोलेज जस्ता फिचर्स समाबेश छन् । यसको सहयोगले एकदमै राम्रा तस्बिरहरु लिन सकिन्छ ।
Camera Connect & Control:
यदि तपाई फोटोग्राफीको सौखिन हुनुहुन्छ र आफ्नो स्मार्टफोनबाट उत्कृष्ट फोटो तयार गर्न चाहनुहुन्छ भने तपाइले यो एप्स डाउनलोड गर्न सक्नहुन्छ । यो एपलाई १ हजार यूजर्सले डाउनलोड गरेका छन् । यसलाई ३.९ स्टार प्राप्त भएको छ । साथै एकहजार भन्दा धेरैले रेटीङ समेत दिएका छन् । एपको साइज ६.४ एमबी छ ।
यसले तपाइको स्मार्टफोनको क्यामेरालाई कन्ट्रोल गर्छ ।
Adobe Photoshop Lightroom CC:
मोबाइलबाट उत्कृष्ट फोटोग्राफीको लागि यो एडब फोटोसप लाइटरुम सिसिको मद्दत लिन सकिन्छ । यो एपलाई प्ले स्टोरमा १ करोड प्रयोगकर्ताहरुले डाउनलोड गरेका छन् भने यसलाई प्ले स्टोर ४.३ स्टार पाएको छ, भने १ लाख भन्दा धेरैको रेटिङ प्राप्त भएको छ । यसको साइज ५७ एमबी छ । यसकारण यसलाई वाई-फाई नेटवर्कमा डाउनलोड गर्न उपयुक्त हुन्छ ।
VSCO:
यो एपबाट पनि उत्कृष्ट फोटोग्राफी गर्न सकिन्छ । यसको मद्दतमा फोटोहरुको क्वालिटी डिएसएलआर बाट लिएको फोटो जस्तै बनाउन सकिन्छ । गूगल प्ले स्टोरमा यसलाई डाउनलोड गर्नेहरुको संख्या ५ करोड रहेको छ । यो एपलाई ४.४ स्टार प्राप्त भएको छ, भने ६ लाख भन्दा धेरै प्रयोगकर्ताहरुले रेटीङ गरेका छन् । यो एपको साइज ४९ जीबी छ ।
यो एपले फोटो क्वालिटी बढाउँछ , एपमा एडीटीङ र अन्य धेरै स्पेशल इफेक्ट्स दिइएको छ । यसको साथमा सोशल मिडिया शेयारिङ अप्सन पनि दिइएको छ । यदि तपाईलाई फोटोग्राफीको सौख छ भने तपाईलाई अवश्य पनि यो उपयोगी हुन् सक्छ ।