चैत्र ५ गते भित्र परिक्षा सक्न सरकारको निर्देशन

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २०, २०७६

काठमाडौं फागुन २० । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सक्न समेत निर्देशन गरेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई समेत बोलाएर मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार चैत्र ५ गते भित्र परिक्षा लिई सक्न निर्देशन दिए ।

विश्वका ६४ भन्दा बढी मुलुकमा भेटिएको कोविड-१९ नामको नोबेल कोरोना भाइरस संक्रमणको चासो र चिन्ता नेपालमा पनि ह्वात्तै बढेको छ ।

सरकारले कोरोना संक्रमण हुनु अगावै होसियारी अपनाउन सरोकार निकायहरुलाई आग्रह गर्दै कोरोनाको संक्रमण नेपाल भित्रिन नदिन शतप्रतिशत पूर्वतयारीको अवस्थामा सरकार रहेको राज्यमन्त्री नवराज रावतले बताएका छन् ।