वेल्स युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको अन्तिम १६ अन्तर्गतको दोस्रो खेलमा नर्दन आयरल्याण्डलाई १-० ले हराएर वेल्सले ऐतिहासिक सफलता हात पारेको हो।
वेल्सको जितमा नर्दन आयरल्याण्डका खेलाडी ग्यारेथ मिकोलीले गरेको आत्मघाती गोल निर्णायक बन्यो। खेलको ७५ औं मिनेटमा नर्दन आयरल्याण्डका मिकोलीले आफ्नै पोस्टमा गल्तीले प्रहार गर्दा नतिजा वेल्सको पक्षमा गयो । आत्मघाती गोलनै आफूलाई तेस्रो चरण पुग्न तगारो बन्यो।
पहिलो सहभागितै युरोकपको अन्तिम ८ मा पुगेको बेल्सले खेलमा बल नियन्त्रण आफ्नो पक्षमा बढी राखेको थियो।
वेल्स समूह बीको विजेताको रूपमा अन्तिम १६ मा आएको थियो भने नर्दन आयरल्याण्ड उत्कृष्ट तेस्रोको रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो।
पछिल्ला आठ खेलमा उत्तरी आयरल्याण्डले वेल्सलाई हराउन सकेको थिएन। अन्ततः यही इतिहास कायम राख्दै वेल्सले फेरि एक पटक उत्तरी आयरल्यान्डलाई पराजित गर्यो।
वेल्सले अब क्वार्टरफाइनलमा शुक्रबार हङ्गेरी वा बेल्जियमसित खेल्नेछ।
![](https://dhadingpost.com/wp-content/uploads/2024/08/pratik-copy.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2020/07/holistic.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2020/12/Ns-media-dhading.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2024/12/dhading-hospital.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/fine.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/advace.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/nilakantha-copy.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/rohit.jpg)