असार ९,
सरकारले अफगानिस्तान, लिबिया, सिरिया र इराकमा नेपाली कामदार पठाउन रोक लगाएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले तीन मुलुकमा जान प्रतिबन्ध लगाएको हो । आन्तरिक द्वन्द्वका र आतंकवादी आक्रमण लगायतको जोखिम भएकाले ती मुलुक जान रोक लगाउने निष्कर्षमा सरकार पुगेको हो । त्यहा जानका लागि अब श्रम स्वीकृति दिइने छैन । तीन दिन अघि १३ जना नेपालीको अफगानिस्थानको काबुलमा तालिबानीले गरेको आक्रमणमा परी ज्यान गएको थियो ।
मन्त्रिपरिषद्ले उक्त घटनामा परि ज्यान गुमाउनेका परिवारलाई १०-१० लाख रुपैया सहयोग गर्ने भएको छ । घाइतेको उपचार पनि सरकारले गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले उक्त घटनालाई कायतापूर्ण भन्दै तिब्र भत्र्सना र निन्दा सहित शोक प्रस्ताव पारित गरेको छ । सरकारले आतंकवादी आक्रमणमा ज्यान गुमाएकाको शव सरकारले बिषेश विमान पठाएर नेपाल ल्याएको थियो । सरकारले अफगाननिस्तानमा रहेका नेपालीहरु स्वदेश फर्किन चाहे त्यसका लागि सहयोग गर्ने निर्णय पनि गरेको छ । त्यस्तै त्यहा रहेका नेपाली कामदारको सुरक्षाको सुनिश्चितताका लागि अफगान सरकारसंग कुटनीतिक पहल गर्ने निर्णय पनि मन्त्रिपरिषदो छ । अफगान घटना र कामदारहरुको अवस्था लगायतबारे विस्तृत अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको मन्त्री राईले जानकारी दिए ।