हंगेरीसँग अष्ट्रिया स्तब्ध

Avatar photo
Dhadingpost
बुधबार, असार १, २०७३

hhh

पेरीस असार १ : खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेर पनि अष्ट्रिय युरोकप फुटवलअन्तर्गत समूह एफको आफ्नो पहिलो खेलमा हंगेरीसँग स्तब्ध भएको छ।

मंगलबार राती भएको खेलमा अष्ट्रिया हंगेरीस“ग २-० गोलले पराजित हुन पुग्यो। जितसहित हंगेरीले महत्वपुर्ण तीन अंक जोडेको छ।

हंगेरीले खेलको ६२औं मिनेटबाट अग्रता बनाएको थियो। एटिला फियोलाले अष्ट्रियाका झन्डै पाच खेलाडीको बीचबाट मिलाइदिएको बललाई सिक्स यार्ड बक्स नजिकबाट स्लाइड गर्दै आदम स्जालाइले हंगेरीलाई अग्रता दिलाएका थिए।

हंगेरीका लागि उनको यो १२औं खेलमा पहिलो गोल हो। पहिलो गोल बेहोरेसँगै अष्ट्रियाले खेलमा अर्काे खराव नतिजा आत्मसाथ गर्यो।खेलको ६६औं मिनेटमा मुख्य डिफेन्डर एलेक्ज्यान्डर ड्रागोभिचले दोस्रो पहे“लो कार्डमा मैदान छाडेपछि अष्ट्रिया १० जनामा सिमित भएको थियो।

सोही मुभमा अष्ट्रियाले गोल समेत गरेको थियो। यद्यपि रेफ्रिले गोललाई मान्यता नदिई ड्रागोभिचलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए। त्यसपछि खेलको अन्त्यतिर ८७औं मिनेटमा जोल्टान स्टिबरले काउन्टर एट्याकमा गोल गर्दै हंगेरीको जित २-० ले पक्का बनाए। मैदानको मध्य भागबाट बल अघि बढाएका स्टिबरले डी बक्स नजिकबाट चिप गर्दै गोल गरेका थिए।

यस अघि खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको अष्ट्रिया दोस्रो हाफमा कमजोर बनेको थियो। पहिलो हाफको खेलमा अष्ट्रियाले सुरुवातबाटै आक्रमण गरेको थियो। खेल सुरु भएको पहिलो मिनेटमै डेभिड अलाबाको प्रहार क्रसबारमा लागेर फर्कदा अष्ट्रिया सुरुआती अग्रता लिनबाट चुकेको थियो।

सो प्रहार असफल भएसँगै बायर्न म्यूनिखका स्ट्राईकर अलावाले युरो कपमा सर्बाधिक छिटो गोल गर्ने खेलाडी बन्ने अवसर समेत गुमाए। अष्ट्रियाका लागी मार्टिन हार्नीकको अर्को गोल प्रयास समेत खेर गएको थियो।

अष्ट्रियाविरुद्वको खेलसँगै हंगेरीका गाबोर किराली युरो कपमा प्रतिस्पर्धा गर्ने सर्बाधिक उमेरका खेलाडी बने। ४० बर्षिय किराली अष्ट्रियाविरुद्व सुरुवातबाटै मैदानमा ओर्लिएका थिए।