काठमाडौं: युरोकप फुटबल प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा पोर्चुगल आइसल्यान्डसँग बराबरीमा रोकिएको छ।
पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा पोर्चुगल आइसल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
कप्तान क्रिस्टियानोका दर्जनौं पोस्ट चार्ज गोलमा परिणत हुन नसक्दा पोर्चुगलले अंक बाध्य भयो। आइसल्यान्डका गोलरक्षक हानेस हालोडोरस्सनले पोर्चुगलका अधिकांश प्रयासलाई बिफल पारिदिए।
समूह एफ अन्तरगतको खेलको अधिकांश समय आइसल्यान्डमाथि दबाब राखेको पोर्चुगलले पटक पटक गोल गर्ने अवसर गुमाएको थियो।
शुरुबाटै आइसल्यान्डलाई दबाबमा राखेको पोर्चुगलका लागि खेलको ३१ औ मिनेटमा आन्द्रे गोमेजको क्रस पासमा नानीले गोल गर्दै अग्रता दिलाए।
पहिलो हाफ १-० मा टुंग्याएको पोर्चुगलका लागि दोस्रो हाफको शुरुवात नै दुभाग्र्यपूर्ण रह्यो। पहिलो हाफमा गोल खाएपछि आइसल्यान्ड दोस्रो हाफमा खेलमा फर्कियो।
खेलको ५० औं मिनेटमा बिर्किरी जारानासनले गुड्मुन्डसको क्रस पासमा डी एरियाभित्रबाटै गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि पोर्चुगलले आइसल्यान्डको पोस्टमा चार्ज गरिरहेपनि स्कोर नहुँदा अंक बाँड्यो।
पोर्चुगलले खेलभर १७ पटक आइसल्यान्डको पोस्टमा चार्ज गरेको थियो भने नौ पटकको