१५ पटकको विजेता उरुग्वे कोपा अमेरिकाको समूहचरणबाटै बाहिरियो

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २८, २०७३

जेठ २८

timthumb.php

१५ पटकको विजेता उरुग्वे कोपा अमेरिका फुटबलको समूह चरणबाटै बाहिरिएको छ।

शुक्रवार भएको खेलमा भेनेजुएलासँग १–० ले पराजित भएको उरुग्वे समूह चरणको अर्को खेलमा मेक्सिकोले जमैकालाई पराजित गरेपछि कोपा अमेरिकाको समूहचरणबाटै बाहिरिएको हो। 351BC65B00000578-3634369-image-a-3_1465520584163पहिलो खेलमा मेक्सिकोसँग ३–१ गोल अन्तरले पराजित भएको उरुग्वे दोस्रोे खेलमा भेनेजुएलासँग स्तब्ध भयो। उरुग्वे कोपा अमेरिकाको १५ पटकको विजेता हो।समूह चरणको सुरुवाती दुवै खेलमा पराजित भएको उरुग्वेले अब अन्तिम खेलमा जमैकासँग प्रतिष्ठाका लागि मात्रै खेल्नेछ।