कोपा अमेरिकामा हैटीमाथि ब्राजिलको शानदार जित,

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २७, २०७३

जेठ २७

फिलिप काउटिन्होको ह्याट्रिकको मदतमा ब्राजिलले हैटीमाथि फराकिलो जित निकालेको छ। अमेरिकामा जारी कोपा अमेरिका फुटबलको बिहीवार बिहान फ्लोरिडामा भएको खेलमा काउटिन्होले ह्याट्रिक गरेपछि ब्राजिलले हैटीमाथि ७–१ को फराकिलो जित दर्ता गरेको हो।

खेलको १४ मिनेटमा गोल गर्दै काउटिन्होले ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै २९ औँ मिनेटमा काउटिन्होले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
रेनाटो ओगस्टोले ३५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमै ३–० को अग्रता दिलाए। यस्तै खेलको ५९ औँ मिनेटमा गाब्रिएलले गोल गरे भने ६७ औँ मिनेटमा लुकास लिमाले गोल गर्दै टोलीलाई ५–० को स्थितिमा पुर्याए। यस्तै ८६ औँ मिनेटमा रेनाटोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौ गोल गरे भने इन्जुरी समयमा काउटिन्होले गोल गर्दै ह्याट्रिक पूरा गरे।

खेलको ७० औँ मिनेटमा मार्सिलिनले हैटीका लागि सान्तोना गोल गरेका थिए।जितपछि समूह बीमा रहेको ब्राजिल दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको पेरुको एक खेलबाट ३ अंक छ।