जय चम्चा काटा । जय डाडु पन्यू ।। जय दौरा सुरुवाल ।।।

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १७, २०७३

इजरायल छदा सधै अगाडि बसेर मेहनतका साथ यसरी पढिन्थ्यो । नेपाल फर्केपछी १ महिना नपुग्दै ब्याबसाय दर्ता गरि आजसम्म एकीकृत मत्स्यपालक किसान बनियो ।

१५ लाख हाराहारी माटोमा मिलाइयो । तर बिडम्बना इजरायल छदा सधै पछिल्लो तिर बस्ने, हल्ला गर्ने, कालो, निलो, हरियो सबै फिल्महरु हेर्दै दिन, महिना, हुँदै बर्ष दिन बिताउनेहरु उत्कृष्ट बिद्यार्थी बने ।

नेपाल फर्केर कृषिको नाममा १ के. जी. गोलभेडा नफलाउनेहरु, दौरा सुरुवालमा सजिएर प्रोजेक्टरको पछि पछि कुद्नेहरु, साना किसानका हाकिमहरुका मोबाइल डाइल गर्दै नमस्ते हजुर गर्दै चरम गुलामी गर्ने चम्चा, काटा, डाडु र पन्यु जति सबै फेरि टिमलिडरका नाममा इजरायल जाँदै छ रे ।
यसपाली गाइजात्रा छाँयामा पर्नेवाला छ रे । जय चम्चा काटा । जय डाडु पन्यू ।। जय दौरा सुरुवाल ।।।