आर्थिक पारदर्सिताको लागि सार्वजनिक सुनुवाई गरियो

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १, २०७३

कृष्ण बहादुर लामिछिाने,
गोरखा तान्द्राङ जेष्ठ १ । गोरखा आरुघाट १ तान्द्राङमा आर्थिक पारदर्सिताको लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
२०६२ साल चैत्र २६ गते देखि २०७३ साल बैशाख ४ गते सम्म आयोजना गरिएको महायेज्ञबाट संकलन गरिएको आर्थिक पारदर्शिताको लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

बिश्व शान्ति राष्ट्र कल्याण महायज्ञ निवारण एक सय आठ श्रीमत भावत सप्ताह ज्ञान महायोज्ञ समिति तान्द्राङ १ अमिलो चौउर आरुघाट गोरखाले कार्यक्रममको आयोजना गरिएको थियो ।

बुढीगण्डकी बृद्धा आश्रम परिसरमा विश्वशान्ति राष्ट्र कल्याण महाभय निवारणको अविष्ट एवंम यस क्षेत्रलाई लक्ष्मी नारायण धामका रुपमा बिकास गर्ने संस्थाको उद्धेश्य रहेको थियो ।

महायोज्ञमा सहयोग गर्ने चन्दादाताहरुबाट ३५ लाख २६ हजार ६ सिय ४८, खर्च २९ लाख १४ हजार ४ सय ३९ गरी ६ लाख १२ हजार २ सय ९ रुपैंया बचत भएको छ । महायज्ञमा सहयोग गर्ने दाताहरुको नामावली र रकमहरुको समेत सार्वजनिक गरिएको थियो ।

महायज्ञ मुल समितिका अध्यक्ष लेखनाथ खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महायेज्ञ समितिका कोषाध्यक्ष ऋषी राम लामिछानेले अािर्थक प्रतिबेदन प्रस्तुत गर्नु भएको गोरखाबाट सहकर्मी मित्र कृष्ण बहादुर लामिछानेले जानकारी दिनु भएको छ । सार्वजनिक कार्यक्रमे रेडियो बिहानी ९७ दशमलब ६ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो ।