सरकारी कार्यालय देखि चोक गल्ली सम्म मजदुरहरुलाई दुरब्यबहार

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २०, २०७३

धादिङबेसी बैशाख २० । धादिङबेसीमा सरकारी कार्यालयहरु देखि सडक गल्ली सम्म मजदुरहरुलाई दुरब्यबहार गर्ने गरेको मजदुरहरुले बताएका छन् ।

१ सय २७ औं अन्तरराष्ट्रिय मजदुर दिवसको अबसमा अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङले धादिङबेसीमा आयोजना गरिएको चियापान कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् ।

सुट पाइन्ट लगाएर सरकारी कार्यालयमा जाने ब्यक्ति र मजदुरहरु जाँदा सरकारी कार्यालयहरुले गरिने ब्यबहार फरक भएको बताएका छन् । सरकारले उद्योग तथा कलकारखानामा काम गर्ने मजदुरहरुको तलब, भक्ता र सञ्चय कोषको ग्यारेन्टी गर्नु पर्ने बताएका छन् । आफ्नो हक अधिकार प्राप्तीको लागि श्रम जिबि मजदुरहरुले आन्दोलन गर्न आबश्यक रहेको समेत बताएका थिए ।

अखिल नेपाल टे«ेड युनियन महासंघ धादिङका अध्यक्ष बद्री प्रसाद सुवेदीको अध्यक्षता र संजय देवकोटाले संचालन गर्नु भएकोे कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका निर्मित प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजिया, एकिकृत नेकपा माओवादी धादिङ जिल्ला सह–सचिव मनराज भण्डारी शैलेस, वईसियलका केन्द्रिय सदस्य चन्द्र्र बहादुर सिलवाल, लगायत मजदुरहरुको सहभागिता रहेको थियो ।
एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारी मजदुरहरुको भावनालाई कदर गर्ने हो भने सरकारले मजदुर सम्बन्धी श्रम ऐनको लागु गर्न आबश्यक रहेको बताउनु भएको छ । उद्योग तथा कलकारखानामा काम गर्ने मजदुरहरुलाई सरकारले नियुक्त पत्र दिनु पर्ने बताउनु भयो ।

यसै गरी निमित्त प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियाले मजदुरहरुले चाहे भने सत्ता परिवर्तन गर्न सक्ने बताउनु भयो । मजदुरहरुको साथ र सहयोग बिना देश चल्लने नसक्ने बताउनु भयो । विभिन्न प्रकारका अपराधिक क्रियाकलाप गरी फरार भएका अपराधिहरुलाई कानुन कठाघरमा ल्याउन मजदुरहरुको सहयोग चाहिने बताउनु भयो ।

मजदुर दिवसको अबसरमा प्ले कार्ड सहित धादिङको पुछारबजारबाट ¥याली समेत निकालिएको थियो ।