म्युजिक मेलाका लागि कलाकार जापान जाँदै

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १८, २०७३

farsilalकाठमाडौं । जापानको टोकियोमा हुने म्युजिक मेलाका लागि नेपाली कलाकारहरु टोकियो जाँदै छन ।

मिडिया म्यासेज प्रा लि को मे १ तारिखमा हुने तेस्रो वार्षिकोत्सवमा हुने साँस्कृतिक कार्यक्रमको लागि कलाकारहरु आज टोकियो जान लागेका हुन् ।

चर्चित कलाकारहरु सुगम पोखरेल, सम्झना लामिछाने मगर, र्यापर निर्णय एनएसके, सहिमा श्रेष्ठ, नविन पौडेल हाँस्य कलाकार कुमार श्रेष्ठ फर्सिलाल ले कार्यक्रममा भरपुर मनोरन्जन दिने आयोजक ले बताएको छ ।