धादिङबेसी चैत्र २४ । योङ कम्युनिष्ट लिग धादिङको जिल्ला सम्मेलनको मिति नजिकक्दै गर्दा गाउँ स्तरीय भेलाहरु सम्पन्न भै रहेका छन् । यस अनुरुप आज भुमेस्थान गाविसको भेला सम्पन्न भएको छ ।
वइसियलको पुर्व अध्यक्ष शम्भु रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका सचिवालय सदस्य दिपक लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वईसियल ३ नम्बर क्षेत्रका संयोजक रुपक परियारको बिशेष आतिथ्यता रहेको थियो ।
भेलाले राजेश तामाङको अध्यक्षतामा २१ जना नयाँ कार्यसमितिको चयन गरिएको छ । उपाध्यक्ष दिपक रिजाल, सचिबमा दिनेश बस्नेत, कोषाध्यक्षमा राकेश सदाशंकर र सह–सचिवमा राजेश मल्ल चयन भएका छन् ।
जिल्ला सम्मेलन आगामी २६ र २७ गते धादिङबेसीमा हुन गहिरहेको वाइसिएल धादिङले जनाएको छ ।