धादिङबेसी चैत्र २३ । प्रशव फिस्टुला रोग सम्बन्धी १ दिने अन्तक्रिर्या कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ ।
लामो समय सम्म प्रशव ब्यथा लाग्दा शिशुको टाउकोले आमाको योनीमार्ग र पिसाव थैली वा मलाशयलाई लगातार धेरै समयसम्म थिच्दा त्यसमा प्वल पर्न गई पिसाव चुहिने समस्याको उपचार निशुल्क हुने अन्तर क्रियामा बताईएको हो ।
सन् २०१२ को युएनएफपिए तथा ओरेकको संयुक्त प्रतिवेदन अनुसार नेपालमा प्रत्येक बर्ष दुई देखि चार सय महिलाहरुलाई प्रशब फिस्टुलाको समस्या देखिने तथ्याङक रहेको छ ।
यसै गरी काठमाण्डौ मोडल अस्पतालमा भने ८० जना महिलाहरुले शल्यक्रिया गरिसकेका छन् । स्वास्थ्य सरोकार ट्रष्ट फेक्ट नेपाल काठमाण्डौका निर्देशक डा. बसन्त मर्हजनले प्रशव फिस्टुला भनेको के हो ? यो रोग लागे पछि आई पर्ने समस्याहरु, लक्षणहरु, प्रशव फिस्टुलाको अबस्था र रोकथामका उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रशब फिस्टुला भएका महिलाहरुमा निरन्तर रुपमा दिशा पिसाव बगिरहने लक्ष्ण देखा पर्ने जनस्वास्थय सरोकार ट्रष्ट फेक्ट नेपालका निर्देशक डा.बसन्त मर्हजनले बताउनु भयो । प्रशब फिस्टुला भएका महिलाहरुले सुविधायुक्त अस्पतालमा तालिम प्राप्त दक्ष चिकित्सकबाट शल्याक्रिर्या गर्न सकिनेछ ।
प्रशब फिस्टुला गर्भवती हुँदा कम्तीमा ४ पटक नियमित गर्भजाँच, प्रसुति सेवाको लागि दक्ष स्वास्थ्यकर्मीद्धारा प्रसुति गराउन सके यस रोग लाग्न बाट बच्न सकिने मर्हजनले बताउनु भयो ।