धादिङमा परिक्षा समयमा पत्रकारलाई प्रवेष निषेध

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र १९, २०७२

धादिङबेसी चैत्र १९ । धादिङ जिल्लामा एस्एलसी परिक्षा सुरुभए पछि पत्रकारलाई फोटो खिच्न नदिने शिक्षा समितिले निर्णय गरेको छ ।
पत्र्रकार सम्मेलन गदै जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डेले शिक्षा समितिको निर्णय सुनाउदै परिक्षार्थीलाई परिक्षा दिन सहजताको लागि यो पटक प्रश्न पत्र बाडि सके पछि पत्रकारलाई परिक्षा चलिरहेको कक्षा कोठा प्रवेषमा रोक लगाईएको जानकारी दिनु भएको थियो ।
यहि निर्णयका विरुद्ध धादिङ कति पय पत्रकार र मिडिया हाउसहरुले एस्एल्सी परिक्षाको मर्यादा उल्लङ्घनका घटना लुकाउन यसो गरेको समेत बताउँदै आएका छन् ।
प्रेस युनियन धादिङका अध्यक्ष एवम् कान्तिपुर टिभिका धादिङ संवाददाता पोषनाथ अधिकारी यहि निशेषको विषयमा आफ्नो फेसबुकमा लेख्न् हुन्छ ।
सरकार ग्रेडिङको कुरा गर्दैछ, जसरी हुन्छ गुणस्तर भन्दा दाताको अगाडि नतिजा देखाउन चाहन्छ । त्यसका लागी अन्य जिल्लाको भुमिका के छ कुन्नी तर धादिङको एस् एल् शि परिक्षा समन्वय समितिले भने परिक्षा केन्द्रमा सन्चारकर्मिको प्रवेशमा रोक लगाएरै परिक्षा लाइ मर्यादित बनाएको छ । परिक्षा हल भित्र परिक्षा कति मर्यादित भएको छ बजारमा विकेको गेस पेपर लाइ आधार मानेर अनुमान मात्र गर्ने न हो । परिक्षालाई थप मर्यादित र नतिजमुखि बनाउन प्रत्यक कोठामा विषय शिक्षक राख्ने वेवस्था मिलाएर अरु सरोकार वालाहरु घर घरमा नै रहने वातावरण पनि वनाउन सकेको भए परिक्षा थप सफल हुने थीयो कि मनमा कुराको विश्वकप चल्यो…..
दलिय भागबन्डामा अनुगमन समिति भन्दै लर्को लगाएर अनुगमनमा पठाउने जिल्ला शिक्षा कार्यालयले पत्रकारलाई परिक्षाको बारे आफ्नो मर्यादामा रहेर रिपोटिङ गर्न नदिई सुचनाको हकमा बन्देज लगाइको भन्दै पत्रकारहरुले विरोध गर्दै आई रहेका छन् ।