धादिङबेसी चैत्र १२ । धादिङ जिल्लाबाट ८२ जना विद्यार्थीहरु एसएलसी दिन नपाउने भएका छन् । शैक्षिक सत्र सुरु भए देखि अन्तिम दिन सम्म १ सय ७५ दिन हाजिर नभएका कारण उनीहरु एसएलसी दिनबाट बन्चित भएका हुन् ।
चैत १८ गतेदेखि सुरु हुने यस बर्षको एसएलसी परीक्षामामा धादिङ जिल्लाबाट नियमित तर्फ ६ हजार ४ सय ८७ जना र एक्जाम्टेड तर्फबाट ८ सय ७८ जना गरी जम्मा ७ हजार ३ सय ६५ जना परिक्षार्थी सहभागी हुनेछन् ।