पुष्पविक्रम मल्ल सरुवा धादिङको ईन्चार्जमा जमकट्टेल आउँदै

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १०, २०७२

धादिङ चैत्र १० । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) धादिङ ईन्चार्ज पुष्प विक्रम मल्ल धादिङबाट सरुवा हुनु भएको छ ।
मल्ल एमाओवादी अन्तरगत शिक्षा विभाग हेर्ने गरि धादिङको जिल्ला ईन्चार्जबाट विभागमा सरुवा हुनुभएको हो ।
केन्द्रिय सदस्यले जिल्ला ईन्चार्ज हेर्ने नीति अनुरुप धादिङ जिल्ला ईन्चाजको जिम्मेवारी लिएर ट्रेडयुनियन महासंघका केन्द्रिय अध्यक्ष शालिग्राम जमकट्टेल आउनु हुने एमाओवादी श्रोतले बताएको छ ।
जमकट्टेलको धादिङ इन्चार्जको जिम्मेवारी अहिले ठोस गरि नसकिएको तर केहिदिनमा बस्ने प्रदेशको बैठकले ठोस गरेपछि जमकट्टेल धादिङ आउने बताईएको छ ।
जिल्ला अध्यक्ष रामबहादुर भण्डारी र ईन्चार्ज मल्लको बिचमा देखिएको आन्तरीक मतभेदले धादिङको तल्लो निकाय सम्म प्रभाव परेको देखिएको भन्दै जिम्मेवारी हेरफेर गरिएको बताईएको छ ।
यी मल्ल र भण्डारी दुवै नेता एमाओवादी आन्दोलनको त्यागी नेता हुन् तर जिल्लामा सँगै बसेर काम गर्दा निकै अफ्ठ्यारो पन देखिएको अवस्थामा पार्टीले जुन निर्णय गरेको छ यसले एमाओवादी धादिङको आन्दोलनलाई माथि लान, कार्यकर्तामा देखिएको निराशालाई न्यूनिकरण गर्न महत्वपूर्ण भुमिका खेल्ने एक जिल्ला सदस्यले बताए ।