जनमुखि पत्रकारितालाई जोड दिनोस् -बुर्लाकोटी

Avatar photo
Dhadingpost
चैत्र ७, २०७२

धादिङबेसी चैत्र ७ । एमाओवादी धादिङका सचिव धनबहादुर बुर्लाकोटीले पत्रकारीता जनपक्षिय हुनु पर्ने बताउनु भएको छ ।
क्रान्तिकारी पत्रकार संघ धादिङको देश्रो सम्मेलन पछिको पहिलो बैठकका विशेष अतिथि बुर्लाकोटीले पत्रकारका हरेक समाचार जनपक्षिय, वस्तु निष्ट र सत्य हुनुपर्ने जोड दिनु भएको हो ।
उहाँले अधिकारको कुरा गर्दै गर्दा आफुले लेख्ने समचार र वर्ग धरातल गुमायौ भने अधिकार कहाँ पाईन्छ ? प्रश्न गर्दै यो उ नभनी भ्रष्टहरुलाई नङ्ग्याउनोस्, उहाँले सुझाव दिनु भएको थियो ।
यस्तै अर्का विशेष अतिथि तथा रेडियो विहानीको व्यवस्थापन समितिका अध्यक्ष मनराज भण्डारीले पत्रकार पार्टी गत हुँदैनन् समाज परिवर्तनका सम्वाहक बन्न सुझाव दिनु भएको थियो ।

वैठकले के गर्यो निर्णय
१. सदरमुकाममा कार्यालय राख्ने
२. नयाँ वर्षको अवसरमा भित्तपात्रो प्रकाशन गर्ने
४. पत्रकारीता पुरस्कारको लागि अक्षयकोष बनाउने
५. हरेक महिनाको पहिलो शनिवार बैठक बस्ने
६. श्रमजीवि पत्रकारहरुको पेशागत अधिकारका लागि संर्घष गर्ने
८. नयाँ सदस्यता र नविकरण लाई निरन्तरता दिदै क्षेत्रिय भेला गर्ने

को-को छन् कार्य समितिमा
अध्यक्ष: नारायण सिलवाल
उपाध्यक्ष: अर्नुन खतिवडा र ठाकुर गुरुङ
सचिव: बद्री अधिकारी
कोषाध्यक्ष: सन्तोषराज श्रेष्ठ
सहसचिव: शिव देवकोटा र बाबुराम श्रेष्ठ
सदस्यहरु
गिता अधिकारी, आईतिमायाँ तामाङ, सुजन रेग्मी, सुमन अधिकारी, बच्चुराम थापा, रबिन्द्र बस्नेत, विक्रम अधिकारी, ओम लामा