वाईसिएल धादिङ, जिल्ला सम्मेलन तयारीमा, विभिन्न गाविस भेला सकियो

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ७, २०७२

धादिङबेसी चैत्र ७ । योङ कम्युनिष्ट लिग वाइसियल सल्यानटारको दोस्रो गाउँ अधिबेशन सम्पन्न भएको छ ।
वइसियलको पुर्व सचिव दिपेस पाठकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हरि बिश्वकर्मा, गाउँ पार्टी कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिब, सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
अधिबेशनबाट सुरज कुमालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा शेरमान गुभाजु, सचिवमा दिपक श्रेष्ठ, कोषाध्यक्षमा दिपेश पाठक चयन गरिएको छ ।
योङ कम्युनिष्ट लिग किराञ्चोको पनि तेस्रो गाउँ भयो
योङ कम्युनिष्ट लिग वइसियलको तेस्रो गाउँ अधिबेशन धादिङको किराञ्चोकमा शनिबार सम्पन्न भएको छ ।
गाउँ भेला आयोजक समितिका संयोजक सुन बहादुर तामाङको अध्यक्षतामा रहेको कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला कमिटी सदस्य धुव्र सुवेदी, जिल्ला कमिटी सदस्य सुर्य बहादुर तामाङ, क्षेत्र नं ३ का वईसियल संयोजक रुपक परियार, इलाका नं १२ का संयोजक शंकर पण्डित, अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य हरि शरण तामाङ, अखिल नेपाल किसान महासंघ धादिङका सह सचिब श्री राम अधिकारी, अखिल नेपाल महिला क्रान्तिकारीका जिल्ला सदस्य चेली माया तामाङ लगायतको सहभागिता रहेको थियो ।
अधिबेशनबाट २७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
अध्यक्षमा सुन बहादुर तामाङ, उपाध्यक्षमा सञ्जय तामाङ, सचिवमा निगम विसुन्के, कोषाध्यक्षमा बिशाल तामाङ शेरमान गुभाजु, सचिवमा दिपक श्रेष्ठ, सहसचिवमा अनुप कुमार आले, कोषाध्यक्षमा दिपेश पाठक, सह कोषाध्यक्षमा लिलानाथ ढकाल चयन हुनु भएको छ ।
वाईसिएल धादिङको जिल्ला सम्मेलन यहि महिनाको २६ गते हुने वाईसिलले जानकारी दिएको छ ।