बाल लघु नाटक : थर्मस

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ५, २०७२

राजु दाहाल

एकजना गाँउले सहर गयो र फर्कदाँ थर्मस किनेर फर्कियो । गाँउलेहरु थर्मसका बारेमा केहि पनि जान्दैनथे ।
सबैजना: उ हेर लाहुरे आयो ।
सबैजना: नमस्कार लाहुरे दाई
लाहुरे: नमस्कार हजुर, नमस्कार
पहिलो: अनि लाहुरे दाई कहिले आयौ ?

लाहुरे: चाहिने, भर्खरै आउदैँ छु ।
दोश्रो: अनि, परदेशको हालचाल के छ नि ?
लाहुरे: चाहिने सब राम्रो छ हजुर ।
तेश्रो: हामीलाई के छ त दाजु कोशेली ?
लाहुरे: बागमारा चुरोट छ हजुर यी ।
चौथो: अनि दाजु कहिले फर्कने ?
लाहुरे: चाहिने, छिट्टै फर्कन्छु हजुर ।
पाँचौ: दाजु चिया पिउँ ?

लाहुरे: हैन हजुर, चाहिने अब तातो के खाने यस्तो गर्मिमा ।
छ्रैटौँ: अनि रमेशको हालखबर के छ नी दाजु ।
लाहुरे: गज्जब हजुर , गज्जब । चाईने खाको छ, पेको छ ।
(सबैजना थर्मसमा हेर्दै)
सबैजना: के हो यो ?
लाहुरे: चाहिने यो थुरमस हो, शहराँ किनेर ल्याको । पसलेले भनेको यसमा तातो चिजलाई राखे तातै र चिसो राखे चिसै राख्छ रे ।
सबैज: अनि, त्यत्तीकै १२ सय हालेको हो त ?
सबैजना: आहा ! अनि तिमीले के हाल्यौ त यस्मा ?
लाहुरे: मैले यसमा चाहिने तीन कप तातो चिया र दुईवटा आईसक्रिम हालेको छु ।
(स्रोत : मुना बालपत्रीका)