अष्ट्रीया । एक पटकको नेपाली, सधैको नेपाली भन्ने सङ्कल्पका साथ धादिङबेसी बीचबजारका कुमार अधिकारी एनआरएन अष्ट्रीयाको निर्बाचनमा उपाध्यक्षको उम्मेदवारी दिएका छन् ।
केहि वर्ष अघि देखि रोजगारीको शिलशिलामा अष्ट्रीया रहेका अधिकारीले आफ्नो फेसबुकबाट आफु उपाध्यक्षमा चुनाव लड्न लागेको बताउनु भएको हो ।
फेसबुकबाट अपिल गर्दै अधिकारी भन्छन् आदर्णीय अष्ट्रीया रहनुभएका बुबामा, दाजुभाई तथा दिदीबैनीहरुमा म कुमार अधिकारी को सादर नमस्कार ।
आउँदै गरेको एनआरएन अष्ट्रीयाको निर्बाचनमा मैले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिएकोछु । परोपकारी सेवाद्वारा मात्र उन्नत नेपाली समाज बनाउन सकिन्छ भन्ने विश्वासका साथ एनआरएनमा आफुलाई पनि जोड्न पुगेको छु । आफु लगायत धेरै दाजुभाई तथा दिदीबैनिहरुको सहयोगले सानातिना परोपकारी कामहरु त पहिलाबाट बारम्बार गर्दै आइरहेकै हो तर एनआरएन एनसीसी अफ अष्ट्रीयालाई परोपकारी पनि काम गर्ने एउटा बृहद साझा चौतारीको रुपमा बिकाश गर्नुछ भन्ने मान्यता राखेको छु ।
प्रबासमा रहनुहुने सम्पूर्ण नेपालीहरुको हक हित र रक्षामा समर्पित हुदै सबैको मन र ह्रदयमा एनआरएन सस्थालाई बनाउन आफ्नो तर्फ़बाट पूर्ण कोशीस गर्ने विश्वास दिलाउन चाहन्छु । मार्च महिनामा हुदैँ गरेको निर्बाचनमा मलाई अत्याधिक मतले बिजयी गराउन सबैलाई हार्दिक अनुरोध गर्दछु ।