SEO (वेब प्रमोसन) सेमिनार सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ३०, २०७२

काठमाडौं । काठमाडौँ स्थित सेन्ट लरेन्स कलेजमा राष्ट्रिय स्थरको एकदिने SEO (वेब प्रमोसन) सेमिनार सम्पन्न भएको छ ।
नेप सफ्ट टेक CSIT एसोसिएसन अफ नेपाल BSC, CSIT एप्स र अर्किड टेक क्लबको सहयोग र आइसिटि क्लब अफ सेन्ट लरेन्स को आयोजना सेमिनार सम्पन्पन्न भएको हो ।
कार्यक्रममा बनिसकेको वेब साइट ब्यबस्थापन र प्रमोसन कसरि गर्न सकिन्छ भनेर आइटी युवा पुस्ताभित्र सर्च इन्जिन अप्टिमाइजेसन एक्स्पर्ट प्रकाश खतिवडाले सहजीकरण र अन्तरक्रिया गर्नु भएको थियो ।
धादिङ खाल्टे घर भएका खतिवडा यो पछिल्लो समयमा सर्च इन्जिन अप्टिमाइजेसन एक्स्पर्टका रुपमा स्थापित हुनुहुन्छ ।
कार्यक्रम समापन गर्दै प्रतिक बस्यालले आगामी दिनमा आइटी र आइटीमा भबिस्य खोज्दै गरेका बिधार्थीलाई एस्तो कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने भन्दै आगामी दिनमा पनि कलेजले येस्तै खाले कार्यक्रम नियमित राख्नु पर्ने बताउनु भयो ।