आज नारी दिवसको अवसरपारी धादिङबेसीमा ६ देशका कलाकारले गित तथा नृत्य प्रस्तुत गर्दै

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २५, २०७२

धादिङबेसी फागुन २५ । नारी दिवसको अवसरमा आज ६ देशका कलाकार धादिङबेसीमा आउने भएका छन् । नारी दिवसको अवसर परि धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुनलागेको साँस्कृतिक कार्यक्रममा ६ देशबाट आएका कलाकारहरुले आ आफ्नो देशको कला झल्कने गित तथा नृत्य प्रस्तुत गर्ने छन् ।
१०६ औं अन्तराष्ट्रिय नारी दिवस मनाउने क्रममा धादिङका स्थानिय, राष्ट्रिय कालाकार ल्याउन लागिएको समेत दुवाडीले धादिङपोष्लाई बताउनु भयो । कार्यक्रम नीलकण्ठ उमावि अगाडी खाली चौरमा बिहान ११ बजे देखि सुरु हुने छ ।