धादिङबेसी फागुन २१ । नेपाल सरकारका गृहमन्त्री शक्ति बस्नेत भोली (शनिबार) धादिङ आउनु हुने भएको छ ।
क्रन्तिकारी पत्रकार संघको जिल्ला सम्मेलन उद्घाटन गर्न गृह मन्त्री बस्नेत भोली धादिङ आउन लाग्नु भएको हो ।
जिल्ला विकास समिति धादिङको सभा हलमा भोली हुने क्रन्तिकारी पत्रकार संघ धादिङको जिल्ला सम्मेलनमा गृह मन्त्री बस्नेतले ११ बजे देखि २ बजे सम्म समय दिनु भएको क्रान्तिकारी पत्रकार संघ धादिङले जनाएको छ ।
यस्तै गृह मन्त्री बस्नेतले ११ बजे देखि १२ बजे सम्म सहिद तथा वेपत्ता परिवारले जिल्ला प्रशासन प्रङ्गणमा निर्माण गरेको प्रतिक्षालय उद्घाटन र २ देखि ३ बजे सम्म सरकारी कार्यालय प्रमुखहरु सँग अन्तरक्रिय गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनको लागि क्रन्तिकारी पत्रकार संघका केन्द्रिय महादिवेशन आयोजक समितिका संयोजक गोविन्द आचार्य, प्रदेश नं. ३ ईन्चार्ज लक्ष्मण खड्का संयोजक सुनिल खड्का, लगायतका पत्रकार नेताहरु आजै धादिङआई सक्नु भएको छ ।