बरामद लोकल रक्सी र जाँड नस्ट

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २१, २०७२

धादिङबेसी फागुन २१ । धादिङको सदरमुकाम क्षेत्रलाई अपराध मुक्त क्षेत्र बनाउन प्रहरीले घरेलु मदिरा हटाउने अभियान सुरु गरेको छ ।
यसै क्रममा धादिङ प्रहरीले पहिलो चरणमा धादिङबेसी स्थित मिलनटोलबाट कब्जा गरेको घरेलु मदिरा आज नष्ट गरेको छ ।
प्रहरीले छापा मारेका स्थानमा खुला आँगनमै रक्सी उत्पादन गरि रहेका २ स्थानमा ३८ थान प्लाष्टिक ड्रम बरामद गरेको थियो । रक्सी वरामद गरे पनि उत्पादक लाई भने प्रहरीले पक्राउ गर्न सकेन ।
सदरमुकामको विभिन्न भट्टी पसलहरुमा प्रहरीले छापामारी मदिरा, मदिरा बनाउनका लागी प्रयोग गरिने कच्चा पदार्थ लगाएत बनाउनका लागी प्रयोग गरिने सबै भाडाकुडाहरु समेत बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेलुकी पख हुने झैझगडा र विभिन्न यौन जन्य अपराधिक घटना मदिरा सेवनको कारणबाट भएको पाईएका कारण यसलाई नियन्त्रण गर्नका लागी अब भने धादिङको सदरमुकाम क्षेत्र मात्र नभई धादिङ जिल्ला भरी नै यस्ता घरेलु मदिरा बिक्रमा रोक लगाउने बताईएको छ ।