धादिङ समाज युएईले नयाँ बर्षमा साँस्कृतिक धमाका मच्चाउने

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १८, २०७२

हरि नेपाली , दुबई । धादिङ जिल्लाबाट रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीहरुको संस्था धादिङ समाज युएईले ८ अप्रील २०१६ शुक्रबारका दिन दुबईको होटल इम्पेरियल स्वीट्समा “नवबर्ष साँस्कृतिक धमाका–२०७३” को आयोजना गर्ने भएको छ ।
(6th Convention)
नेपाली नयाँ बर्ष वि.सं. २०७३ सालको अबसरमा युएईमा रहेका सम्पुर्ण नेपालीहरुमा शुभकामना आदानप्रदान तथा चेपाङ बालबालिकालाई सहयोग गर्ने उद्धेश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको साँस्कृतिक कार्यक्रममा युएईमा कार्यरत सम्पूर्ण नेपालि दाजुभाई तथा दिदीबहिनीहरु लगायत बुद्धिजीबि, समाजसेवी, एवं युएईमा क्रियाशील पत्रकारहरुलाई बिशेष निमन्त्रणा गरिएको धादिङ समाज युएईका अध्यक्ष भिम अधिकारीले बताएका छन् ।
सो साँस्कृतिक कार्यक्रममा नेपालमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु जीवन पन्त, बिनु तामाङ्ग, बिरु तामाङ्ग लगायतको बेजोड प्रस्तुति हुनका साथै स्थानीय कलाकारहरु सुदीप गैरे, दिपक गुरुङ, हरि डुम्रे, विष्णु गिरी, रिता लामा लगायत थुप्रै कलाकारहरुको पनि प्रस्तुति रहने धादिङ समाज, युएईका भुतपुर्व अध्यक्ष तथा सल्लाहकार भुवन गुरुङले बताएका छन् ।