जनादेशको विवाद मुछिय बाबुराम

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ११, २०७२

काठमाडौं । जनादेशको विवादमा फेरि एकपटक बाबुराम भट्टराई तानिएका छन् । संगठन निर्माणको दुःखकष्टको बाटोबाट भन्दा मिडियाबाट समाजमा हस्तक्षेप गर्न रुचाउने बाबुराम पार्टीभित्र र वाहिर पनि मिडियालाई प्रभाव पार्ने नेता हुन ।

निरंकुश पञ्चायतकालमा पार्टीहरु प्रतिबन्धित थिए । पार्टीहरुको भूमिगत गतिविधिका बारेमा प्रायः मिडियामार्फत् वाहिर ल्याइन्थ्यो । एकता केन्द्र निर्माणपूर्व तत्कालीन मोटो मशाल निकट पत्रिका योजना साप्ताहिक थियो । चौमको पार्टी निकट पत्रिका गर्जन थियो । विद्रोही मसाल निर्माण गर्नुपूर्व बाबुराम भट्टराईले पृष्ठभूमि साप्ताहिकमा लेख लेख्थे । महिमा पनि पातलो मसाल निकट नै थियो । त्यसमा पनि बाबुरामले नै लेख्थे ।

पृष्ठभूमिका तत्कालीन सम्पादक तारा न्यौपानेलाई आफ्नो निकट राख्न बाबुरामले निकै प्रयत्न गरे । उनले नमानेपछि बाबुरामकै पहलमा जनादेश साप्ताहिक सुरु गरियो । वरिस्ठ पत्रकार शक्ति लम्सालको सम्पादकत्वमा चलाइने योजना साप्ताहिकलाई छाडियो । गर्जन पनि चलेन ।

जनयुद्धकालभरि जनादेश साप्ताहिक माओवादी पार्टीको वाहिरी मुखपत्र भयो । शक्ति लम्साल, कृष्ण सेन, नारायण शर्मा, महेश्वर दाहाल, गोविन्द आचार्य, ओम शर्मा, कोमल बरालहरुले विभिन्न चरणमा सम्पादक भई नेतृत्व गरे ।

पार्टी एकीकरण हुँदै पार्टीको लाइनको पक्षमा लेख्दा र बाबुरामको भिन्नमतलाई उपेक्षा गर्दा तत्कालीन सम्पादक कोमल बराललाई राति बाबुराम भट्टराईले ‘कू’ नै गर्न लगाए । पछि पार्टीले अर्को अंकमा नै बराललाई पुनस्र्थापित ग¥यो । तर, बराललाई लामो समयसम्म टिक्न दिइएन । उनी पत्रिकाबाट पलायन भए । मनऋषि धिताललाई बाबुरामले सम्पादकमा नियुक्ति गरे । पार्टीको योजनामा नै जनादेश पत्रिकाको सम्पादकमा नियुक्ति गरिने परम्परा रहने गरेको थियो । जनयुद्धपूर्व पनि पार्टीले सम्पादकमा कृष्ण सेनलाई सम्पादकमा नियुक्ति गर्ने निर्णयलाई बाबुरामले लत्याएका थिए । पछि पार्टीको निर्णय लागू गरिएको थियो ।

अग्रज आदर्श कृष्ण सेन, जो जनयुद्धका समयमा राज्यसत्ताद्वारा मारिएका थिए, उनको सम्पादकत्वमा प्रकाशित पत्रिकालाई पार्टीको योजनामा नै चलाउने एमाओवादी पत्रकारहरुको चर्को दवाव प¥यो । बाबुराम भट्टराईको नेतृत्वमा रहेको झिल्को प्रकाशनबाट निकालेर मनऋषि धिताललाई बाबुरामले सुटुक्क पत्रिकाको स्वामित्व दिए । ‘न रहे बाँस न बजे बाँसुरी’ बनाए । पार्टीको फोल्डबाट पत्रिका मनऋषिको जिम्मा लगाए । त्यसपछि पत्रिका अनियमित भयो । जनादेश बन्द रहेको छ ।

बन्द रहेको पत्रिकालाई आफ्नो भजन गाउन लगाउने बाबुराम भट्टराईको चाहना मनऋषि धिताल ‘नयाँ शक्ति’मा नगएपछि भताभुङ्ग भएको छ । हाल अष्ट्रेलियामा रहेका मनऋषिले बाबुरामको विचार र पार्टीको विपक्षमा सार्वजनिक रुपमा विरोध नै गरे । यसबाट उत्तेजित भएको बाबुराम भट्टराईको टिमले जनादेश साप्ताहिकको भौतिक सामग्रीहरु जवर्जस्ती लग्यो । यसपछि दुवै पक्षबीच अस्वस्थ आरोप–प्रत्यारोप सुरु भएको छ ।

नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जनादेश र मनऋषिका बारेमा यस्तो प्रतिक्रिया दिएका छन– ‘जनादेशको स्वामित्वको विवाद आफ्नो ठाउँमा होला । जनादेशका नाममा प्रेस काउन्सिल जस्तो जिम्मेवार निकायसँग सम्बद्ध व्यक्ति नयाँ शक्तिबाट खतरा छ भन्दै विदेश पलायन हुनु, विदेशमा शरणार्थीका लागि याचना गर्नु र सोही वहानामा आफ्नो प्रवेशाज्ञा सुनिश्चित गर्ने नियतले पत्रकार महासंघ जस्तो प्रतिस्ठित एवम् मर्यादित संस्थाको दुरुपयोग गरी झुट्टा सूचनाका आधारमा विज्ञप्ति जारी गर्न लगाई नयाँ शक्तिको वदनाम गर्ने÷गराउने कार्यले कसैको पनि हित गर्दैन ।’
एमाओवादी निकट क्रान्तिकारी पत्रकार संघका संयोजक गोविन्द आचार्य र नेपाल पत्रकार महासंघले नयाँ शक्तिले जनादेशको कार्यालयमा हस्तक्षेप गरेकोमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आँच पु¥याएको भन्दै वक्तव्य दिएका थिए ।

जनादेश चलाउनका लागि बाबुराम भट्टराईले लगानी गरे होलान । तर, जसरी उनको योजनामा कार्यालयमा हस्तक्षेप गरियो, त्यो वेठीक छ । भौतिक सम्पत्ति डुबेको भन्दा पनि यतिवेला बाबुराम भट्टराईलाई जनादेश साप्ताहिक आफ्नो हातबाट खुस्केकोमा बढी तोड परेको छ । दाजुभाइलाई अंशबाट ठग्न कसैलाई सुन चाँदी, पैसा, जग्गा सुरक्षित राख्न दिंदा राख्नेले नै पचाइदिए जस्तै तोड परेको छ बाबुराम भट्टराईलाई अहिले । पार्टीबाट वाहिर निकालेर दीर्घकालसम्म आफ्नो भजन गाउन लगाउने बाबुरामको योजना मनऋषिका कारण भताभुंग भएको छ । संकीर्ण चिन्तनका नेता बाबुराम भट्टराई यसै कारण बढी उत्तेजित भएर कामकार्वाही गरिरहेका छन् । स्रोत समयबद्ध साप्ताहिक