धादिङबेसी फागुन १० । एमाले निकट अनेरास्ववियुको केन्द्रिय सदस्यमा धादिङका सन्तोषराना क्षेत्रि विजयी भएका छन् । २२ औं महाधिवेशनमा निर्वाचित नवीना लामाको प्यानलबाट उम्मेदवारी दिएर निर्वाचित हुनुभएको हो ।
अनेरास्ववियु धादिङको जिल्ला अध्यक्ष समेत रहेका राना क्षेत्रि नौविसे सिक्रेखेलाका स्थानियवासी हुन् पार्टीलाईन संघर्षमा केपी ओली खेमाका विद्यार्थी नेता हुन् ।
कस्तो छ, नव निर्वाचित समिति ?
पार्टीमा संस्थापन निकट समूहबाट उम्मेदवारी दिएकी लामा समूहकै अधिकांश पदाधिकारी, सचिवालय र केन्द्रीय समितिमा विजयी भएका छन् । १७ सदस्यीय पदाधिकारीमा नेपाल समूहबाट भने ३ जना सचिव मात्रै विजयी भए । उपाध्यक्षमा महेश बर्तौला, रश्मी आचार्य, सुनिता बराल र शैलेस लामा विजयी भएका छन् । बर्तौलाले ७ सय ८६, आचार्यले ७ सय ४२, बरालले ७ सय २१ तथा लामाले ६ सय ८२ मत पाएका थिए । महासचिवमा पनि संस्थापन पक्षबाटै ऐन बहादुर महर ८ सय ३१ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अब्दुल हुसेन खाँले ६ सय ६० मत पाएका छन् ।
त्यस्तै, सचिवाहरुमध्ये खुल्लातर्फ समिक बडाल, आरसी लामिछाने, सुदेश पराजुली र मकर खड्का विजयी भएका छन् । महिला सचिवमा आरती लामा, मधेसीतर्फको सचिवमा ओसिम आलम र जनजातीतर्फबाट अमृत बुढा विजयी भएका छन् । यीमध्ये पराजुली, लामा र आलम नेपाल निकट मानिन्छन् ।
कोषाध्यक्षमा संस्थापनकै झपिन्द्र खत्री विजयी भएका छन् । त्यस्तै, अनुशासन आयोगमा नीशा अधिकारी, निर्वाचन आयोगमा तुलसी मैनाली तथा लेखा आयोगमा धर्मेन्द्र रोकाय निर्वाचित भएका छन् । सचिवालय सदस्यतर्फ सुदर्शन शिबाकाटी, यशु लामा, भाष्कर खनाल, टीकाजंग थापा, यमराज पाण्डे, युवराज कुँवर, सूर्य रोकाय, डम्बर अधिकारी, नारायण घर्ती, अर्जुन अधिकारी, उमेश आचार्य, श्याम प्रजापती, कनिष पटेल, कल्पना थापा, एलबी सिंह, मर्यादा विष्ट, सम्झना अधिकारी, रामशरण चौधरी, जेनिश लामालगायत निर्वाचित भएका छन् । महाधिवेशनमा १५ सय ९७ प्रतिनिधि सहभागी भएकोमा १५ सय १९ मत खसेको थियो ।