धादिङबेसी फागुन ५ । क्रान्तकारी पत्रकार संघको फागुन ७ र ८ गते काठमाडौंमा हुने भनिएको महादिवेशन तयारीको अन्तिम चरणमा आएर स्थगित भएको छ । एमाओवादी नीकट क्रान्तिकारी पत्रकार संघ र वैद्य निकट क्रन्तिकारी पत्रकार महासंघ बीच एकता हुने भएपटि महादिवेशन स्थगित भएको हो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी पत्रकार संघका संयोजक गोबिन्द आचार्यलाई वैद्य माओवादीसँग एकताको तयारी अन्तिम चरणमा पुगेको भन्दै पत्रकारहरुको महाधिवेशन स्थगित गर्न आग्रह गरेका थिए ।
दुई माओबादी बिच चैत महिनाभित्रै एकता महाधिवेशन गर्ने तयारी गर्ने गरी क्रान्तिकारी पत्रकार संघको महाधिवेशन स्थगित गरिएको बताईएको छ ।
एकताबारे छलफल गर्न आज क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघको संयुक्त बैठक बस्ने जनाईएको छ । धादिङबाट महादिवेशनको लागि १६ जना पूतिनीधि छनौट भईसकेका छन् भने जिल्ला सम्मेलनको फागुन २२ गते नै हुने क्रन्तिकारी पत्रकार संघ धादिङका कोषाध्यक्ष ठाकुर गुरुङले बताउनु भयो ।


