विप्लव माओवादीनिकट सांस्कृतिक मोर्चाले १७ बुँदे ज्ञापनपत्र बुझायो

Avatar photo
Dhadingpost
आइतवार, पुस १९, २०७२

काठमाडौं । विप्लव माओवादीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले साझा प्रकाशन सहकारी संस्था लिमिटेडमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलीन्द्रप्रसाद शर्मालाई हस्तान्तरण गरिएको छ ।
महासङ्घले साझा प्रकाशनमा रहेका विकृति विसङ्गतिको अन्त्य गर्न माग गरेको छ । १७ बुँदे मागपत्रमा महासङ्घले साझा प्रकाशनको गतिशील प्रवाहका लागि सरकारलाई आवश्यक दबाब दिन अभियान सञ्चालन गरेको हो ।
प्रस्तुत गरिएका मागपत्रमाथि यथोचित सम्बोधन नभए सशक्त हस्तक्षेप गर्ने कुरा पनि बताइएको छ । सो मागपत्र अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय कार्यालय सदस्य खेम थपलियाको नेतृत्वमा गएको टोलीले पेश गरेको हो । उक्त टोलीमा महासङ्घका कार्यालय सदस्यद्वय कुशल बोगटी र अशोक सुवेदी तथा केन्द्रीय सदस्यद्वय सोनु लामा र वैरागी जेठालगायत थिए ।