नायक एडी उज्वल अब निर्देशक

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १४, २०७२

adनायक भएर नेपाली रजतपटमा भित्रिएका एडि उज्वल अब निर्देशक बनेका छन् । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका एडिले निर्देशन गरेको ‘मै झिल्के’ बोलको म्युजिक भिडियो सार्वजनिक भएसँगै उनी निर्देशकको रुपमा चिनिने तयारीमा छन् ।
चलचित्रमा नायकको भुमिका समेत निभाइसकेका एडिले यो भिडियोसहित अन्य चारवटा म्युजिक भिडियो पनि निर्देशन गरिसकेका छन् । स्टार गायक-गायिकाहरुसँग काम गर्न रुचाउने एडिले सुगम पोखरेल, इन्दिरा जोशी, कमल खत्री, गिरिश खतिवडा, बादल प्रसाई, सुनिल कटुवाल र निमा लामाका गीतहरुमा काम गरिसकेका छन् । अब चाँडै ज्योति मगरसँग पनि आफुले काम गर्न लागेको एडिले बताए । हालसम्म म्युजिक भिडियोमा ४७ जना नयाँ मोडलहरुलाई डेव्यू गराइसकेका एडिले आफुले निर्देशन गर्ने अधिकाशं भिडियोमा नयाँ मोडलहरुलाई अवसर दिने बताए ।
आगामी दिनहरुमा पनि आफु मोडल, नायक र निर्देशक भएर काम गर्ने बताउँदै उज्वलले दर्शक, स्रोतामाझ उत्कृष्ट भिडियो पस्कने पनि दाबी गरे ।