सोमबार नेपाल र भारत बिच प्रतिपर्धा

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १०, २०७२

SAFF Suzuki Cup 2015एजेन्सी । एघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) अन्तर्गतको उद्घाटन खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल अन्तरले पराजित भएको छ ।
श्रीलङ्कासँग पराजय भए पनि भरतहराउँदै समेमिफाईनल पुग्ने आशाका साथ तयारी गरि रहेको छ भरत सँगको खेल आगामी सोमबार हुनेछ ।
भारतको त्रिवेन्द्रममा भर्खरै सम्पन्न समूह ए को पहिलो खेलमा श्रीलङ्काका मोहम्मद रिफ्नासले खेल सकिन लाग्दा गोल गरेपछि नेपाल पराजित भएको हो । उनले खेलको अतिरिक्त समयअर्थात् ९५ औँ मिनेटमा नेपाली रक्षापङ्तिको फाइदा उठाउँदै गोल गरेका थिए । आज पराजित भएबाट नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ । अब नेपालले सोही समूहमा रहेको प्रतियोगिताको दाबेदारमध्येको एक टोली आयोजक भारतलाई पराजित गर्नुपर्ने हुन्छ या त बराबरी खेल्दै सेमिफाइनलमा पुग्न भारत र श्रीलङ्काबीचको नतिजा कुर्नुपर्ने हुन्छ ।