गजल

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १५, २०७२

sunil
धरती देखेपछि अनि, आकाश देखेपछि
उ लर्बरायो भतिकएकाे, विश्वास देखेपछि

बन्दुक बोकेको उसले, धिक्कार्नेछ आफैलाई
एम्वुस माथी वुद्धको, इतिहास देखेपछि

एउटा अर्र्को कातिल’ सहरमा जन्मनेछ
श्रीमतीको अर्केसगँ, सहबास देखेपछि

म मानिस खोज्दैछु, तपाइको सहरमा
जो नमाताेस सरावको, गिलास देखेपछि

कस्तो बनाउलान धारणा, छोराहरुले भोली,
बाले जवानीमा गरेको, विनाश देखेपछि

सुनिल इटनी,
धादिङवेशी, धादिङ